हेडलाईनसमाचारगण्डकीऋषिङ

तनहुँको ऋषिङमा नेपाल आदिवासी जनजाति महासंघको समन्वय परिषद् गठन : अध्यक्षमा याम बहादुर सारु

प्रहार समाचार । तनहुँ, २६ साउन २०८२ सोमवार । तनहुँको ऋषिङ गाउँपालिकामा हालै नेपाल आदिवासी जनजाति महासंघ ऋषिङ समन्वय परिषद् गठन गरिएको छ। परिषद्को अध्यक्षमा सर्वसम्मत रुपमा यामबहादुर सारु चयन भएका छन्।

नवगठित समितिमा उपाध्यक्षमा बेलबहादुर थापा मगर, सचिवमा कविराज श्रेष्ठ तथा सदस्यहरूमा सुकमाया सारु मगर, छविराम दरै, अरुण गुरुङ, ऋषिमाया कुमाल, लिलबहादुर थापा, पहलसिंह सारु, दानबहादुर आले मगर र संगिता सारु मगर चयन भएका छन्।

परिषद्को संरचना अझै पूर्ण नभएको र एक सहसचिव, एक कोषाध्यक्ष र थप सदस्यहरू पछि मनोनयन गर्ने निर्णय भेलाले गरेको छ।

कार्यक्रममा बोल्दै ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले आदिवासी जनजातिको हक अधिकार, संस्कृति र पहिचान संरक्षणका लागि परिषद्ले सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरे । क

नव निर्वाचित अध्यक्ष सारुले प्रत्येक वडामा परिषद्को विस्तारमा लागेर तत्याङ्क संकलन गर्ने, सचेतना मूलक कार्यक्रम गर्दै जातिय उत्थानमा लाग्ने बताए । उनले भने -‘छिट्टै मगर समुदायको बाहुल्यत रहेको पालिकामा मगर भाषाको कक्षा संचालन गरिने लगायतका कार्यक्रमहरु अगाडी बढाइने छ ।’


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button