हेडलाईनसमाचारप्रदेश

रवि लामिछानेको बैंक जमानत अदालतबाट अस्वीकार : कारागारमै बस्नु पर्ने

प्रहार समाचार । रुपन्देही , २६ साउन २०८२ सोमवार । रुपन्देही जिल्ला अदालतले सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बैंक जमानतमा छुटको माग अस्वीकार गरेको छ। आज न्यायाधीश नारायण सापकोटाको इजलासमा भएको सुनुवाइमा २ करोड ७४ लाख ८५ हजार बराबरको बैंक ग्यारेन्टी पेश भए पनि अदालतले मागबमोजिम आदेश जारी नगर्ने निर्णय गरेको हो।

लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ र ७१ अनुसार आफ्नो भागको बिगो तिर्ने सर्तसहित बैंक ग्यारेन्टीको निवेदन दिएका थिए। तर, अदालतले सो निवेदन खारेज गर्दै उनलाई पुर्पक्षका लागि जेलमै राख्ने आदेश कायम राखेको छ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालतको धरौटी आदेशलाई उल्टाउँदै उच्च अदालत बुटवलले गत चैत १२ गते लामिछानेलाई थुनामा पठाएको थियो। सो आदेशलाई सर्वोच्च अदालतले समेत सदर गरेपछि उनी चैत २५ देखि भैरहवा कारागारमा रहेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button