हेडलाईनसमाचारप्रदेश

‘सरकारको प्रतिशोधपूर्ण व्यवहार र अन्यायविरुद्ध निरन्तर संघर्ष गर्छु ।’- निकिता

प्रहार समाचार । काठमाडौं, २६ साउन २०८२ सोमवार। रुपन्देही जिल्ला अदालतले सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेपछि उनकी पत्नी निकिता पौडेल लामिछानेले दृढ प्रतिक्रिया जनाएकी छन्।

निकिता पौडेलले आज फेसबुकमार्फत आफू नथाकेको र नहारेको स्पष्ट गर्दै संविधानले दिएको अधिकारको भरमा न्यायका लागि लडिरहने बताएकी छन्। उनले सरकारको प्रतिशोधपूर्ण व्यवहार र अन्यायविरुद्ध निरन्तर संघर्ष गर्ने उल्लेख गरेकी छन्।

“मेराे श्रीमानले न्याय नपाएसम्म म लडिरहन्छु,” पौडेलले लेखेकी छन्। उनले रवि लामिछानेको रिहाइका लागि कानुनी तथा लोकतान्त्रिक प्रक्रियाबाट संघर्ष जारी रहने स्पष्ट संकेत दिएकी छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button