हेडलाईनसमाचारप्रदेश

माओवादी र विप्लव नेतृत्वबीच एकता हुने !

प्रहार समाचार । काठमाडौं, १९ साउन २०८२ सोमवार । नेकपा माओवादी केन्द्रले नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपासँग पार्टी एकता प्रक्रिया थाल्ने निर्णय गरेको छ। सोमबार बसेको स्थायी कमिटी बैठकपछि पार्टी प्रवक्ता अग्नि सापकोटाले वार्ता टोली बनाएर छलफल सुरु गर्ने निर्णय भएको जानकारी दिए।

सापकोटाका अनुसार एकताको सम्भावनालाई मूर्तरूप दिन अब दुबै पक्षबीच संवाद प्रक्रिया अगाडि बढाइनेछ। उनले माओवादी केन्द्रको रणनीतिक प्राथमिकतामा समाजवादी मोर्चालाई बलियो बनाउने एजेन्डा रहेको समेत बताए।

उनले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)सँग पनि लगातार छलफल जारी रहेको जानकारी दिए। यद्यपि, एकीकरणको सन्दर्भमा भने नेपाल पक्षसँग कुनै निष्कर्षमा पुग्न बाँकी रहेको सापकोटाको भनाइ छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button