प्रहार समाचार । काठमाडौं, १९ साउन २०८२ सोमवार । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह कार्यवाहक प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश भ्रमणका कारण राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानअनुसार प्रधानमन्त्रीको अनुपस्थितिमा प्रशासनिक काम सम्हाल्न सिंहलाई जिम्मेवारी तोकेका हुन् ।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघीय भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको (LLDCs) तेस्रो सम्मेलनमा सहभागी हुन सोमबार मध्यरात तुर्कमेनिस्तान प्रस्थान गरेका छन् । प्रधानमन्त्रीको विदेश भ्रमण अवधिभर सिंहले दैनिक प्रशासनिक काम संचालन गर्नेछन् ।
राष्ट्रपतिको कार्यालयका अनुसार यो निर्णय संविधानको धारा १६८ को व्यवस्था र प्रधानमन्त्रीको सिफारिसअनुसार गरिएको हो । कार्यवाहक जिम्मेवारी पाएका सिंह अहिले शहरी विकास मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्दै आएका छन् । य


























