प्रहार समाचार । काठमाडौँ, १९ साउन २०८२ सोमवार । देशभर मनसुन सक्रिय रहेकाले अधिकांश स्थानमा आज रातिदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति पनि देशका विभिन्न ठाउँमा वर्षा हुने र कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा ठूलो पानी पर्ने सम्भावना छ।

मनसुनको न्यूनचापीय रेखा नेपालको तराईं नजिकै रहेकाले लगातार वर्षा भइरहेको हो। बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा आज राति भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
वर्षाले लामो खडेरीले पिल्सिएको तराईंका किसानलाई राहत मिलेको छ। पानी परेपछि रोपाईं गर्न थालिएको र वर्षा केही दिन कायम रहने अनुमान गरिएको छ।


























