प्रहार समाचार । काठमाडौं, १८ साउन साउन २०८२ आइतवार । युवा स्वरोजगार कोषको उपाध्यक्षमा अनिल राज पौडेल नियुक्त भएका छन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। सरकारको यो निर्णयसँगै कोषको नेतृत्वमा नयाँ ऊर्जा थपिने अपेक्षा गरिएको छ।

प्रस्तावित संरचनाअनुसार, खेलकुदमन्त्री नै कोषको अध्यक्ष रहने व्यवस्था छ भने उपाध्यक्ष कार्यकारी भूमिका निर्वाह गर्ने पद हो। उपाध्यक्षले कोषको नीति निर्माण, कार्यक्रमको समन्वय र युवा लक्षित स्वरोजगार योजनाहरूको कार्यान्वयनमा नेतृत्वदायी भूमिका खेल्ने गर्छन्।
पौडेलको नियुक्तिसँगै सरकारले युवालाई उद्यमशीलतामा प्रवृत्त गराउने योजना सुदृढ बनाउने संकेत गरेको छ। हाल बेरोजगारी दर उच्च रहेको अवस्थामा युवा स्वरोजगार कोषको प्रभावकारी सञ्चालनले दीर्घकालीन आर्थिक रूपान्तरणमा योगदान पुर्याउने विश्वास गरिएको छ।


















