आँबुखैरेनीहेडलाईनसमाचारगण्डकी

‘मिस नेपाल नर्थ अमेरिका’ को उपाधि तनहुँकी दिया श्रेष्ठलाई

प्रहार समाचार । तनहुँ, १८ साउन २०८२ । तनहुँको आँबुखैरेनीकी छ दिया श्रेष्ठ ‘मिस नेपाल नर्थ अमेरिका २०२५’ को उपाधि जित्न सफल भएकी छन्। प्रतियोगितामा विभिन्न देशका नेपाली सहभागीमध्ये उनले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो नाममा दर्ता गराएकी हुन्। श्रेष्ठको यो सफलताले सम्पूर्ण तनहुँबासीका लागि गौरवको विषय बनेको छ।

श्रेष्ठलाई यस उपाधिमा विजयी भएकोमा सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट बधाईको ओइरो लागेको छ। ‘जितकाे ताज केवल साैन्दर्यको होइन, आत्मबल र नारीको सम्भावनाको प्रतीक बनोस्’ भन्ने अभिव्यक्तिसहित उनलाई आगामी ‘मिस नेपाल’ प्रतियोगितामा पनि सफलताको शुभकामना व्यक्त गरिएको छ। उनका समर्थकहरू यस जितलाई नेपाली महिलाको अन्तर्राष्ट्रिय पहिचानको रुपमा समेत हेरेका छन्।

दियाको जितले आँबुखैरेनी नगरपालिकाको नाम अझ उज्यालो बनाएको पालिकाका अध्यक्ष शुक्र चुमानेले बताए । दियाले उ यसअघि पनि विभिन्न सौन्दर्य प्रतियोगिताहरूमा सहभागिता जनाउँदै प्रतिभा प्रदर्शन गर्दै आएकी थिइन्। उनको यो सफलताले अन्य युवाहरूमाझ पनि प्रेरणा र सम्भावनाको ढोका खोल्ने विश्वास गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button