हेडलाईनसमाचारप्रदेशखेलकुद

नेपाललाई महिला टी-२० विश्वकप छनोटको खेलको आयोजना गर्ने अवसर

प्रहार समाचार । काठमाडौं, १५ साउन २०८२ बिहीवार । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को महिला टी–२० विश्वकप छनोट प्रतियोगिता सन् २०२६ को आयोजना गर्ने अवसर पाएको छ। आईसीसीले आगामी वर्षको जनवरी १२ देखि फेब्रुअरी १६ सम्म नेपालमा उक्त प्रतियोगिता हुने औपचारिक घोषणा गरेको हो। यसअघि पुरुष प्रतियोगिता केन्द्रित रहेको नेपाल क्रिकेटले यसपटक महिला क्रिकेटतर्फ ऐतिहासिक कदम चालेको छ।

प्रतियोगिता नेपालमै हुने भएपछि नेपाली महिला क्रिकेटको विकासमा थप उत्साह थपिएको छ। आईसीसीले तय गरेका मापदण्डमा नेपाल क्रिकेट संघ (क्यान) सफलतापूर्वक उत्रिएको पुष्टि गर्दै प्रतियोगिता सुम्पिएको हो। प्रतियोगिता नेपाली भूमिमा आयोजना हुनु नेपाली क्रिकेटको पूर्वाधार, व्यवस्थापन र अन्तर्राष्ट्रिय विश्वासको संकेत मानिएको छ।

प्रतियोगितामा सहभागिता जनाउने टोलीहरूको संख्या, तालिका, र स्थानहरू औपचारिक रूपमा सार्वजनिक भइनसकेको भए पनि त्रिवि क्रिकेट मैदानलगायतका सम्भावित मैदानहरूमा तयारी थालिएको छ। प्रतियोगिताले महिला क्रिकेटप्रति व्यापक चासो र दर्शक सहभागिता बढाउने अपेक्षा गरिएको छ। यो अवसरले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा महिला खेलकुदको सशक्त पहिचान दिलाउने विश्वास गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button