हेडलाईनसमाचारगण्डकीविजनेससूचना प्रविधि

बाढी जोखिम न्यूनीकरणमा तनहुँ जलविद्युतको स्मार्ट प्रविधि जडान

प्रहार समाचार । तनहुँ, १५ साउन २०८२ बिहीवार । तनहुँ जलविद्युत आयोजनाले सेती नदीमा पानीको सतह मापन गर्न आधुनिक सेन्सर प्रणाली जडान गरेको छ। अस्थायी बाँधको सुरक्षामा निरन्तर निगरानी र आपतकालीन अवस्था पूर्वतयारीलाई प्रभावकारी बनाउन सेन्सरबाट प्राप्त डाटा मल्टिस्क्रिन डिस्प्ले बोर्डमा देखिने व्यवस्था गरिएको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए।

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित १४० मेगावाट क्षमताको यो आयोजना अत्यन्त दुर्गम क्षेत्रका कारण विशेषतः रातको समयमा स्थलगत अवलोकन असम्भव हुने अवस्था विचार गरी यो प्रविधि जडान गरिएको हो। बाँध भत्किने सम्भावनामा तत्काल सूचना प्रवाह गरी मानवीय क्षति न्यूनीकरण गर्न यो प्रविधि महत्वपूर्ण हुने बताइएको छ।

तल्लो तटीय क्षेत्रका बासिन्दालाई खतरा सूचक सतह नाघेमा एसएमएसमार्फत समयमै सतर्कता सन्देश पठाउने व्यवस्था मिलाइएको छ। यसका लागि मोबाइल नम्बर सङ्कलन भइसकेको र साइरन समेत सञ्चालनमा ल्याइएको भण्डारीले बताए। साइरनबाट नदीमा नुहाउने, माछा मार्ने, पौडी खेल्ने सर्वसाधारणलाई अकस्मात बाढीको पूर्व सूचना दिन सहयोग पुग्ने जनाइएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button