हेडलाईनसमाचारगण्डकीघिरिङस्वास्थ्य

तनहुँको घिरिङमा निःशुल्क प्लाष्टिक सर्जरी सेवा

प्रहार समाचार । तनहुँ, १५ साउन २०८२ बिहिवार । तनहुँको घिरिङ गाउँपालिकामा निःशुल्क प्लास्टिक सर्जरी सेवा सुरु गरिएको छ। सेवा फाउण्डेशन र बयोधा हस्पिटल काठमाडौँको चिकित्सक टोलीले गाउँपालिकाको समन्वयमा सुन्धारा स्वास्थ्य चौकीमा आज एक दिने जन्मजात ओठ, जिब्रो फाटेका तथा तालुमा प्वाल भएका बिरामीका लागि शिविर सम्पन्न गरेको हो।

शिविरबाट दुई जना बिरामी छनोट गरिएको र उनीहरूको शल्यक्रिया तथा उपचार काठमाडौँको बयोधा अस्पतालमा निःशुल्क गरिने स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमालले जानकारी दिए।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष राधादेवी अधिकारीले आर्थिक अभावका कारण कसैलाई पनि उपचारविहीन बनाउने अवस्था नआओस् भन्ने उद्देश्यले यस्ता कार्यक्रमहरू आयोजना गरिएको बताइन्।

‘समुदायको सहभागिता, सेवामा विश्वासको अभिवृद्धि’
शिविरमा वडा नम्बर ४ का अध्यक्ष भीम बहादुर कुमाल, वडा नम्बर ५ का अध्यक्ष विष्णुवीर आले, स्वास्थ्यकर्मीहरू तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो। कार्यक्रम वडा नम्बर ३ का अध्यक्ष तहल सिंह थापाको अध्यक्षतामा भएको थियो । यस्ता निःशुल्क शिविरहरूले विकट गाउँबस्तीकै घरदैलोमा सेवा पुर्‍याउने भएकाले आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने आवश्यकता महसुस गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button