हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : देशभर सक्रिय मनसुन, मध्यम वर्षाको सम्भावना

प्रहार समाचार । काठमाडौँ, १६ साउन २०८२ शुक्रवार । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज पनि धेरै ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने गएराति सर्लाही, सप्तरीलगायत मधेशका केही ठाउँमा हल्का वर्षा भएको थियो।

दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। तराईका थोरै स्थानमा पनि पानी पर्ने अनुमान गरिएको छ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेकाले राति पनि मधेश र पहाडी भूभागका केही स्थानमा चट्याङसहित पानी पर्ने देखिएको छ। बागमती प्रदेशका पहाडी भूभागमा राति एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button