हेडलाईनसमाचारप्रदेशमनोरञ्जन

चलचित्र ‘झरीपछिको इन्द्रेणी’को मुहूर्त : हास्य व्यङ्ग्य टिमको नयाँ प्रस्तुति

प्रहार समाचार । काठमाडौँ, १५ साउन २०८२ बिहीवार । हास्य व्यङ्ग्य क्षेत्रमा चर्चित कलाकार अर्जुन घिमिरे ‘पाँडे’को लेखन तथा निर्देशनमा नयाँ चलचित्र ‘झरीपछिको इन्द्रेणी’को आज ललितपुरको धन्तेरी बाराही मन्दिरमा शुभमुहूर्त गरिएको छ। चलचित्रमा दीपाश्री निरौला, प्रियना आचार्य ‘मुन्नी’, रमेश उप्रेती, गणेश उप्रेती, निर्मल शर्मा लगायत कलाकारको अभिनय रहनेछ ।

चलचित्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश कार्कीले गीत लेखेका छन् भने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको र्‍याप गीत पनि समावेश गरिने निर्माण पक्षले जनाएको छ। कथा कुमार ब्यन्जनकारले लेखेका हुन् भने पटकथा पनि कार्कीकै रहेको छ। चलचित्र पशुपति शिवजी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने छ ।

‘भद्रगोल’ र ‘सक्किगोनी’ जस्ता चर्चित हास्य श्रृंखलाबाट दर्शकमा ख्याति कमाएको पाँडे टिमले यसअघि ‘लाज शरणम्’ बनाएको थियो। यस चलचित्रमा पनि सोही टिमको सहकार्य देखिनेछ। शुभमुहूर्त कार्यक्रममा मेयर बालेन शाहकी पत्नी सविना काफ्लेको उपस्थिति उल्लेखनीय रह्यो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button