प्रहार समाचार । भुटान, १५ साउन २०८२ बिहीवार । नेपालको यू-२० महिला फुटबल टोली एएफसी यू-२० महिला एसियन कप छनोट खेल्न भुटान पुगेको छ। नेपाली टोलीले भुटानको राजधानी थिम्पुमा आयोजना हुने छनोट चरणमा समूह ‘ए’ मा प्रतिस्पर्धा गर्नेछ। समूहमा नेपालसँगै उत्तर कोरिया, साउदी अरेबिया र आयोजक भुटान रहेका छन्।

समूह ‘ए’ मा रहेको नेपालले कडा प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ। खासगरी एशियाली फुटबलमा बलियो मानिएको उत्तर कोरियासँगको खेल चुनौतीपूर्ण हुने अनुमान छ। यद्यपि नेपाली टोलीले भुटान र साउदी अरेबियाविरुद्ध जित निकाल्दै आशा जगाउन सक्छ ।
ग
प्रतियोगितामा समूह विजेताले मात्र एसियन कपको लागि स्थान बनाउने भएकाले नेपाली टोलीको प्राथमिक लक्ष्य समूह चरणमै उत्कृष्ट प्रदर्शन गर्नु हुनेछ। प्रशिक्षक र खेलाडीहरू उत्साहित देखिएका छन् र प्रतियोगितामा नेपालको युवा महिला टोलीको मनोबल उच्च छ।


























