हेडलाईनसमाचारप्रदेश

सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्रीको निद्रा : प्रधानमन्त्रीको नमस्कार !

प्रहार समाचार । काठमाडौँ, ९ साउन २०८२ शुक्रवार । आजको प्रतिनिधिसभा बैठकमा एउटा अनौठो तर रमाइलो दृश्य देखियो – सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ प्रतिनिधिसभा बैठकमा ‘डाटा अफ’ अवस्थामा देखिए।

बैठकको कोलाहल र संसद् भवनको गम्भीरताबीच मन्त्री गुरुङ भने आरामको स्वर्गीय यात्रामा थिए – कुर्सीमै मस्त निद्रामा। उनी निद्रामा डुबे पनि, दृश्य भने संसद्‍मा छ्याङ्ग छ्याङ्ग घन्कियो।

प्रधानमन्त्री केपी शर्मा ओली बैठक हलमा प्रवेश गर्दा सबै मन्त्री सावधान मुद्रामा थिए। तर गुरुङज्यूको चेतनाको गेट बन्द भइसकेको थियो। उनलाई पछाडिबाट बसेका रक्षामन्त्री मानवीर राईले हल्का झकझक्याउने प्रयास गरे, तर गुरुङज्यूको ‘स्लीप मोड’ भंग हुन सकेन।

अन्ततः प्रधानमन्त्री आफै अघि बढे, गुरुङतर्फ हेरेर हल्का मुस्कुराउँदै भने,
“सुत्न दिनुस्!”
त्यसपछि उनी आफूको आसनतर्फ अघि बढे।

प्रतिनिधिसभा एकछिन हाँसोमा रमायो, तर सायद गुरुङज्यू त्यो हाँसोको धुनमा समेत सम्मिलित थिएनन् – ‘निद्रामा पनि ‘सरकारका प्रवक्ता’ को भूमिका निभाइरहेका थिए कि क्या हो ?’


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button