हेडलाईनसमाचारप्रदेश

गायीका एलिना चौहान चरम घरेलु हिंसामा : न्यायको लडाइँ लड्दै

प्रहार समाचार । काठमाडौँ, ३ साउन २०८२ शनिवार । पूर्वपति विष्णु सापकोटाले सम्बन्धबिच्छेदबारे सार्वजनिक रूपमा धारणा राखेको केही घण्टामै गायिका एलिना चौहानले सामाजिक सञ्जालमार्फत घाउचोट देखिने तस्बिरसहित प्रतिकृया दिएकी छन्। उनले जुन ९, २०२४ मा खिचिएको भनिएको फोटो सार्वजनिक गर्दै आफूमाथि वैवाहिक सम्बन्धका क्रममा घरेलु हिंसा भएको आरोप लगाएकी छन्। उक्त तस्बिरमा एलिनाको अनुहारमा नीलडाम स्पष्ट देखिन्छ।

विष्णु सापकोटाले एलिनामाथि कुनै आरोप प्रमाणित नभएको दाबी गर्दै आफूविरुद्ध फैलाइएका भ्रम हटाउन अस्ट्रेलियामा कानुनी प्रक्रिया थालिएको जानकारी दिएका थिए। उनले नेपालमा पनि कानुनी उपचार सुरु गर्ने चेतावनी दिएपनि कस्को विरुद्ध प्रक्रिया अघि बढाइएको हो भन्ने खुलाएका छैनन्। विष्णुको उक्त स्टाटसपछि एलिनाले लामो पोस्टमार्फत आफूले विगतमा भोगेका पीडा र हिंसा सार्वजनिक गरेकी हुन्।

एलिनाले पोस्टमा लेखेकी छन्, “अब म चुप लाग्दिनँ। अब यो केवल मेरो न्यायको लडाइँ होइन, यो हरेक नेपाली चेलीको आवाज हो।” उनले आफ्नो लडाइँ कुनै व्यक्तिगत व्यक्तिविरुद्ध नभई, सत्य बोल्ने महिलालाई नै दोषी बनाउने मानसिकता विरुद्ध भएको स्पष्ट पारेकी छन्। कानुनी, सामाजिक र नैतिक आधारमा अघि बढ्ने प्रतिबद्धता जनाउँदै एलिनाले आफू सत्य पक्षमा रहेको पनि जोड दिएकी छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button