हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : मनसुन सक्रिय, आइतबारदेखि देशभर भारी वर्षाको सम्भावना

प्रहार समाचार । काठमाडौं, ३ साउन २०८२ शनिवार । पूर्वी नेपालका इलाम र झापा लगायतका जिल्लामा शनिबार रातिदेखि लगातार भारी वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा जारी छ। आइतबार दिउँसो देशका अन्य स्थानहरूमा पनि मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ।

महाशाखाले दिउँसो कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरूमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने जनाएको छ। देशका बाँकी भूभागमा पनि थोरै ठाउँमा यस्तै खालको वर्षा हुने सम्भावना रहेको पूर्वानुमान गरिएको छ। मौसमविद्हरूले आगामी घण्टाहरूमा विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।

राति कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना उच्च छ। आइतबार दिउँसोदेखि सोमबार बिहानसम्म देशभर व्यापक रूपमा भारी वर्षा हुने संकेत छ। हाल देशभर मनसुनी वायुले प्रभाव जमाएको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button