हेडलाईनसमाचारभानुगण्डकीसाहित्य

सन्दर्भ २ सय १२औं भानु जयन्ती : विभिन्न प्रतियोगिताहरु सम्पन्न

राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २ सय १२औं जन्मजयन्तीको अवसरमा आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको आयोजनामा भानुजयन्ती सप्ताहअन्तर्गत हिजो विभिन्न साहित्यिक र सिर्जनात्मक प्रतियोगिताहरू सम्पन्न भएका छन्।

कविता, चित्र लेखन र भानुभक्तीय रचनापाठजस्ता कार्यक्रमहरूले बालबालिका, किशोरकिशोरीदेखि युवासम्मको उल्लेखनीय सहभागिता रह्यो।

विद्यालयस्तरीय कविता प्रतियोगितामा फिष्टेल आमा वि की मौसमी गैरे प्रथम भएकी छन् भने गोगन मा वि, पोखराबाट सहभागी सुजाता पौडेलले द्वितीय स्थान हासिल गरिन्। भानु सं मा विका सृष्टि सुनार तृतीय भइन् भने विनिशा श्रेष्ठ (भानु सं मा वि) र शिवानी अधिकारी (नारायणी आ वि) ले सान्त्वना स्थान प्राप्त गरे। त्यस्तै, चित्र लेखनतर्फ स्नेहा गुरुङ प्रथम भइन् भने अंकित बसेल (जनजागृति मा वि) र रमेश राई (नारायणी आ वि) क्रमशः द्वितीय र तृतीय भए। नारायणी आ विकी अनिता तामाङलाई सान्त्वना पुरस्कार प्रदान गरियो।

खुल्ला कविता प्रतियोगितामा भानु ४ निवासी महेश ठेडी मगरले प्रथम स्थान हासिल गरे। रश्मि सेढाई (भानु १), रामप्रसाद पौडेल (भानु ४) र अनिता श्रेष्ठ (भानु ४) क्रमशः द्वितीय, तृतीय र सान्त्वना स्थानमा रहे। भानुभक्तीय रचनापाठ प्रतियोगितामा गोगन मा वि, पोखराबाट सहभागी सुजाता पौडेल प्रथम भइन्। स्वाधीनता पौडेल (व्यास ३, दमौली) ले द्वितीय स्थान र गरिमा नेपाली (भानु सं मा वि) ले तृतीय स्थान प्राप्त गरे भने प्रस्तुत आचार्य (भानु सं मा वि) ले सान्त्वना पुरस्कार पाइन्। विभिन्न कार्यक्रमहरूमा सहभागी विद्यार्थीहरूको प्रस्तुति सशक्त, सन्देशमूलक र प्रेरणादायी रहेको आयोजकले जनाएको छ। प्रतियोगिताका विजयीहरु आज चुँदी रम्घामा आयोजित विशेष कार्यक्रमका विच पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिने भएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button