हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

टिम नेपो तनहुँको नयाँ कार्यसमिति चयन

प्रहार समाचार । तनहुँ, २८ असार २०८२ शनिवार ।
“एक उत्साही युवा समाज परिवर्तनको अगुवा” भन्ने मूल नाराका साथ क्रियाशील रहेको टिम नेपो तनहुँले २०२५/२६ (२०८२/८३) का लागि नयाँ कार्यसमिति घोषणा गरेको छ। नवगठित कार्यसमितिमा विभिन्न युवाहरूलाई जिम्मेवारी दिइएको छ।

समितिको नेतृत्वमा राजु श्रेष्ठ जिल्ला प्रतिनिधिका रूपमा रहेका छन् भने मनिषा आले सह-प्रतिनिधि (प्रथम) र पर्शुराम ढुंगाना सह-प्रतिनिधि (दोस्रो) को भूमिकामा रहने भएका छन्। तत्कालीन जिल्ला प्रतिनिधि बर्षा सारुलाई आईपी (इमिडिएट पास्ट) जिल्ला प्रतिनिधिको भूमिका दिइएको छ।

सम्पादकको रूपमा दीपाली राना, प्रवक्ताको रूपमा नविन थापा चयन भएका छन्। सदस्यता समन्वयकर्तामा थमन दर्लामी र साझेदारी समन्वयकर्तामा अप्सरा लामा शाहले भूमिका निर्वाह गर्ने छन्। .त्यस्तै, क्लब सल्लाहकारका रूपमा सुजन लाउडारी, गोविन्द तिमल्सेना, रवि अधिकारी, र पवित्रा भुजेल पौडेल चयन भएका छन्।

यसका साथै, मिन कुँवरलाई जिल्ला प्रतिनिधि सल्लाहकारको भूमिका दिइएको छ।

टिम नेपो तनहुँले युवाहरूलाई समाज परिवर्तनमा नेतृत्वदायी भूमिका दिलाउने उद्देश्यले विविध गतिविधिहरू सञ्चालन गर्दै आएको छ। नयाँ कार्यसमितिबाट संगठनले अझ प्रभावकारी रूपमा कार्य गर्ने अपेक्षा गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button