प्रहार समाचार । तनहुँ, २८ असार २०२ शनिवार । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २ सय १२औँ भानुजयन्तीको अवसरमा आदिकवि भानुभक्त क्याम्पस, व्यास–१ विज्ञानचौरमा आज खुला कविता प्रतियोगिता, भानुभक्तीय रचना वाचन प्रतियोगिता तथा वाचन सिप कार्यशालाका कार्यक्रमहरू सम्पन्न भएका छन्।

क्याम्पसको नेपाली विभागको आयोजनामा भाषा र साहित्यमा योगदान दिने तथा नयाँ पुस्तालाई प्रेरित गर्ने उद्देश्यसहित भएको कार्यक्रममा क्याम्पस सेवा आयोगका अध्यक्ष पूर्व प्राध्यापक डा. डाईश्वर चन्द्र वाग्लेले उद्घाटन गर्दै भाषा र साहित्यको संरक्षणमा लाग्न सुझाव दिए ।
कार्यक्रममा बोल्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले आदिकवि भानुभक्त आचार्यको नामबाट स्थापित क्याम्पसले भाषा र साहित्यको प्रवर्धनमा थप सक्रिय भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे । नेपाली विभागका प्रमुख डा. सुशील प्रसाद वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभाग सदस्य मिना श्रेष्ठले स्वागत तथा प्राध्यापक विष्णु घिमिरेले कार्यक्रमको सहजिकरण गरेका थिए ।
भानुभक्तीय रचना वाचन प्रतियोगितामा आदिकवि भानुभक्त क्याम्पसकी पुनम सुनार प्रथम, सत्यवती माविकी सगुन पौडेल द्वितीय र आदिकवि भानुभक्त मा वि की अर्पना तिवारी तृतीय भए। चण्डिदेवी राष्ट्रिय मा वि की आराध्य पौडेल र सुरक्षा तिमिल्सेना तथा बाराही मा वि का अभियान काफ्लेले सान्त्वना पुरस्कार प्राप्त गरे। त्यस्तै खुला कविता प्रतियोगितामा सत्यवती मा वि की ममता बि. क. प्रथम, लक्ष्मी लोहनी द्वितीय, महिना व बि. क. तृतीय तथा सुस्मिता बयालकोटी र सुरक्षा तिमिल्सेना सान्त्वना पुरस्कार भए।
त्यसैगरी, भानुभक्तीय रचना वाचन सिप कार्यशालामा कवि नारायण पोखरेल र क्याम्पसका सहायक प्राध्यापक नारायणी अधिकारीले भानुभक्तीय रामायणमा प्रयोग भएका छन्दका प्रकार, लय, गति र यतिको बारेमा सहजकाण गोका थिए । प्रतियोगिताहरूका लागि प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार क्रमशः ५, ३, २ र १ हजार नगद प्रदान गरिएको थियो।

























