हेडलाईनसमाचारगण्डकीसाहित्यनगरपालिका /गाउँपालिकास्वास्थ्य

तनहुँमा विपी स्मृति दिवसमा रक्तदान तथा कविता प्रतियोगिता हुने

प्रहार समाचार । तनहुँ, २८ असार २०८२ शनिवार । नेपाली काँग्रेस तनहुँले जननायक विपी कोइरालाको स्मृतिमा आउँदो साउन ६ गते विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। शुक्रबार जिल्ला पार्टी कार्यालयमा सम्पन्न सम्पादन बैठकले स्मृति दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम तथा खुल्ला कविता प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो।

पार्टीका सचिव लक्ष्मीभक्त खनालका अनुसार सो दिन बिहान ७ः३० बजे काँग्रेस पार्टी कार्यालय, दमौली प्राङ्गणमा रक्तदान कार्यक्रम सञ्चालन गरिनेछ। कार्यक्रमको व्यवस्थापनका लागि खनालकै संयोजकत्वमा उपसमिति गठन गरिएको छ। उपसमितिमा नेपाल महिला संघ तनहुँकी सभापति पवित्रा पौडेल, विद्यार्थी शाखा प्रमुख मोहन गिरी, महिला शाखा प्रमुख कल्पना पोखरेल, तरुण शाखा प्रमुख डम्बर बहादुर अधिकारी, तरुण दल जिल्ला अध्यक्ष हिरा थापा, नेबिसंघ जिल्ला अध्यक्ष आशिष कैनी, नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला अध्यक्ष कृष्ण केसी सदस्य रहेका छन्।

त्यसैगरी, ‘वर्तमान सन्दर्भमा जननायक विपी कोइराला’ शीर्षकमा खुल्ला कविता प्रतियोगिता पनि गरिने भएको छ। उक्त साहित्यिक कार्यक्रमको संयोजनका लागि सचिव सहदेव अधिकारीको संयोजकत्वमा साहित्यिक उपसमिति गठन गरिएको छ। उपसमितिमा कार्यक्रम, समन्वय तथा अभिलेख शाखा प्रमुख हुतमणि अधिकारी र सामाजिक सद्भाव समन्वय शाखा प्रमुख सिर्जना तिवारी सदस्य रहेका छन्।

कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणलाई सहभागिताका लागि पार्टीले आग्रह गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button