प्रहार समाचार । काठमाडौँ, २८ असार २०८२ शनिवार । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा थपिएको १५ शय्याको इमर्जेन्सी ग्रीन एरिया वार्ड र अत्याधुनिक थ्री टेस्ला एमआरआई सेवा सुरू गरेका छन्। मन्त्रालयले यो सेवा विस्तारका लागि २० करोड रुपैयाँ उपलब्ध गराएको हो।

मन्त्री पौडेलले टिचिङमा नागरिकको भरोसा बढेको भन्दै सरकारी अस्पतालप्रतिको आकर्षण सेवा विस्तारकै परिणाम भएको बताए। उनले टिचिङको आधुनिकीकरण र क्षमता विस्तारमा मन्त्रालयको निरन्तर साथ रहने प्रतिवद्धता जनाए।
अस्पतालका निर्देशक प्रा. डा. सुभाष आचार्यले नयाँ एमआरआई मेसिनले बिरामीलाई बाहिरी महँगो सेवाबाट मुक्ति दिने बताए। पहिले आठ शय्या मात्र रहेको इमर्जेन्सीमा अब १५ शय्या पुगेको छ भने एलो एरियामा २० शय्या रहनेछ।

























