व्यासहेडलाईनसमाचारगण्डकी

शहिद स्मृतिमा नेकपा (माओवादी केन्द्र) ब्यास नगर समितिको श्रद्धाञ्जली सभा सम्पन्न

प्रहार समाचार । तनहुँ, २९ असार २०८२ आइतवार । नेकपा (माओवादी केन्द्र) ब्यास नगर समितिको आयोजनामा जनयुद्धका शहीदहरू केशव गौली, राजन सिग्देल र ज्ञानचन्द्र ढकालको २३औँ स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ। उनीहरूले २०५९ असार २८ गते शाहदत प्राप्त गरेका थिए। कार्यक्रम व्यास–६ शिशाघाटस्थित शहीद पार्कमा आयोजित गरिएको थियो।

उक्त स्मृति सभामा पार्टी केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला इञ्चार्ज क. आशा कोइरालाले जनयुद्धले ल्याएको परिवर्तनलाई संस्थागत गर्दै शहीदहरूको सपना पूरा गर्ने जिम्मेवारी हाम्रो काँधमा रहेको बताइन्। कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य रामचन्द्र सापकोटा, शहीद केशव गौलीकी आमा चन्द्रकुमारी गौली, शहीद वनबहादुर मालकी धर्मपत्नी कमला माल, वडाध्यक्ष मृगेन्द्र के.सी., वडा सदस्य ढालप्रसाद घिमिरे, पार्टी नगर सदस्य रोमन बी.के., सचिव कमल श्रेष्ठ, वन उपभोक्ता समितिका अध्यक्षज्यूहरू, दुरा समाजका अध्यक्ष राजु दुरा तथा विभिन्न स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो।

स्मृति कार्यक्रम नेकपा (माओवादी केन्द्र) ब्यास नगर समितिका अध्यक्ष गोपाल सुर्खालीको अध्यक्षतामा सम्पन्न भएको थियो। वक्ताहरूले शहीदहरूको बलिदानलाई कदर गर्दै अहिलेको राजनीतिक उपलब्धिको जग त्यही बलिदानमा आधारित भएको बताएका थिए। कार्यक्रमले शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै वर्तमान पुस्तालाई जिम्मेवार र प्रतिबद्ध बन्न प्रेरित गर्ने सन्देश दिएको बताइन्छ । थ


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button