हेडलाईनसमाचारप्रदेश

तनहुँ सहित देशव्यापी लागूऔषध नियन्त्रण अभियानमा १६ जना पक्राउ

प्रहार समाचार । तनहुँ , २८ असार २०८२ शनिवार । नेपाल प्रहरीले विभिन्न जिल्लामा सञ्चालन गरिएको लागूऔषध नियन्त्रण अभियानमा पछिल्लो २४ घण्टामा १६ जना व्यक्ति पक्राउ परेका छन्। उनीहरूका साथबाट ठूलो परिमाणमा खैरो हेरोइन, ब्राउनसुगर, गाँजा, ट्रामाडोल, स्पासपेन, डाईजेपाम, फेनारगन, बुप्रेनोर्फिनजस्ता अवैध तथा नियन्त्रित औषधि बरामद गरिएको छ।


 

काठमाडौँ, सिराहा र मोरङमा उल्लेखनीय परिमाणमा बरामद
: काठमाडौँ महानगरपालिका–३२ जडिबुटी चोकबाट इलामका २६ वर्षीय केशव राईलाई ३७.९८ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ। सिराहाको औरही गाउँपालिका–५ बाट २१२.९२५ किलो गाँजासहित राम उदगार मलाह पक्राउ परेका छन्। मोरङका विभिन्न स्थानबाट ब्राउनसुगर, गाँजा र अन्य औषधिसहित चारजनालाई पक्राउ गरिएको हो। पथरीशनिश्चरेबाट ७६० मिलिग्राम ब्राउनसुगरसहित कोयुवराज थापा मगर, विराटनगरबाट १५ किलो गाँजासहित दुई जना, र कानेपोखरीबाट ट्रामाडोल र स्पासपेनसहित संजय चौधरी पक्राउ परेका हुन्।

गण्डकी, सुदूरपश्चिम र बागमती प्रदेशमा पनि पक्राउ :
तनहुँको आँबुखैरेनीबाट डाईजेपाम, फेनारगन र बुप्रेनोर्फिन गरी २५९८ एम्पुल लागूऔषधसहित दुई महिला पक्राउ परेका छन्। गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध डाईजेपाम ८ सय ६६ एम्पुल, फेनारगन ८ सय ६६ एम्पुल र बुप्रेनोर्फिन ८ सय ६६ एम्पुल सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रूपन्देही ओमसतिया गाउँपालिका-५ बस्ने ३५ वर्षीया मालती लोध र ५० वर्षीया शिला हरिजन रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१-००६ ख ७२८३ नम्बरको माइक्रो बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । कैलालीका दुई स्थानबाट हेरोइनसहित तीन जना पक्राउ परेका छन् भने स्याङ्जाबाट नाइट्रोसन ट्याब्लेटसहित एक जना पक्राउ परेका छन्। चितवनको कालिकाबाट ट्रामाडोल, एनारगन र भोमिन ट्याब्लेटसहित सुरज सिम्खडा पक्राउ परेका छन्।

सिन्धुलीबाट हेरोइनसहित दुईजना नियन्त्रणमा :
सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानबाट दुई फरक घटनामा हेरोइनसहित दुई जना पक्राउ परेका छन्। सप्तरीका रधिर कुमार चौधरीलाई १.८२ ग्राम हेरोइनसहित र रूपन्देहीका भगवान दास लोनियालाई ९५.५ ग्राम हेरोइन र नगद ५६ हजार रुपैयाँसहित पक्राउ गरिएको हो। प्रहरीले सबै घटनामा लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button