हेडलाईनसमाचारप्रदेश

लहलहैमा नलाग्न उपप्रधानमन्त्री सिंहको आग्रह

प्रहार समाचार । काठमाडौँ, २८ असार २०८१ शनिवार । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएको छैन भन्ने गलत भाष्य निर्माण गरी जनमानसमा भ्रम फैलाउने प्रयास भइरहेको भन्दै त्यसप्रति सजग रहन आग्रह गरेका छन्। नेपाली कांग्रेस नागार्जुन नगरपालिका–२ ले शनिबार आयोजना गरेको ‘एसईई सम्मान’ कार्यक्रममा बोल्दै उनले युवा विद्यार्थीहरूलाई यथार्थ नबुझी लहलहैमा नलाग्न सुझाव दिए ।

कार्यक्रममा मन्त्री सिंहले ‘देशमा केही भएन, हुँदैन’ भन्ने भनाइहरू तथ्यविहीन रहेको स्पष्ट पारे। उनले युवा विद्यार्थीहरूलाई विवेक प्रयोग गर्न र विगतको अवस्थासँग वर्तमानको तुलना गर्न आग्रह गरे। “विगतमा के थियो र अहिले के परिवर्तन भएको छ भन्ने कुरा अग्रजहरूसँग सोधेमा थाहा हुन्छ,” उनले भने, “अझै धेरै गर्न बाँकी छ, तर केही नभएको भन्ने भाष्य गलत हो।”

शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति भएको दाबी गर्दै सिंहले अहिलेको समयमा नेपालमै अन्तर्राष्ट्रियस्तरको शिक्षा लिन सकिने वातावरण बनेको उल्लेख गरे। आफू विद्यार्थी हुँदा विषय छनोटमा धेरै विकल्प नभएको स्मरण गर्दै उनले अब देशमै उच्च शिक्षा अध्ययन गर्न सकिने सुविधा रहेको बताए। अध्ययनका लागि मात्र विदेश जानुपर्ने बाध्यता नरहेको भन्दै उनले देशको विकास र निर्माणमा सबै गम्भीर भएर लाग्नुपर्नेमा जोड दिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button