हेडलाईनसमाचारगण्डकीभिमाद

तनहुँको भिमाद नगरपालिकाका उत्कृष्ट सात कर्मचारी सम्मानित

प्रहार समाचार । तनहुँ,२८ असार २०८२ शनिवार । तनहुँको भिमाद नगरपालिकाले उत्कृष्ट कार्य सम्पादन गर्ने सात जना कर्मचारीलाई नगदसहित सम्मान गरेको छ। नगरपालिकाको २०औँ नगरसभाको अवसरमा आयोजित कार्यक्रममा उनीहरूलाई जनही २५ हजार रुपैयाँ नगद र सम्मान–पत्र प्रदान गरिएको हो।

सम्मानित हुनेमा प्रशासकीय अधिकृत अजय सुवेदी, लेखापाल श्यामप्रसाद सापकोटा, पशु प्राविधिक सबिन भट्टराई, सब इन्जिनियर टेकप्रसाद जोशी, अमिन सरोज गैरे, स्टाफ नर्स पूर्णिमा नेपाली र कार्यालय सहयोगी तेजमाया श्रेष्ठ छन्। उनीहरूलाई नगर प्रमुख दधिराज सुवेदी, उपप्रमुख शारदा खनाल र प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनले संयुक्त रूपमा सम्मान गरे।

नगर प्रमुख सुवेदीले कार्यक्रमलाई सम्बोधन गर्दै इमानदारीपूर्वक सेवा दिने कर्मचारी नै संस्थाको मेरुदण्ड हुने बताए। उनले कर्मचारी र जनप्रतिनिधिबीचको समन्वय अझ मजबुत बनाउँदै सेवा प्रवाह प्रभावकारी बनाउन यस्ता सम्मान कार्यक्रमहरू प्रेरणादायी हुने उल्लेख गरे।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button