प्रहार समाचार । तनहुँ, २८ असार २०८२ शनिवार । मिजार समाज सेवा समूह गुठी तनहुँले आज एक कार्यक्रमको आयोजना गरी एसइई परीक्षा २०८१ मा सफल भएका विद्यार्थी तथा समाजका अगुवा व्यक्तिहरूलाई सम्मान गरेको छ ।

कार्यक्रममा लालबहादुर नेपाली र बालकुमारीका छोरा अभिषेक नेपालीलाई खादा र प्रमाणपत्रले सम्मान गरिएको हो। अभिषेकले एसइई परीक्षामा ३.३० जीपीए हासिल गरेका थिए। संस्थाका अनुसार समाजका मिजार समुदायका विद्यार्थीलाई उच्च शिक्षाको लागि प्रोत्साहित गर्न गत वर्षदेखि सम्मान कार्यक्रम सुरु गरिएको हो। त्यस्तै, समाजको गतिविधिमा सक्रिय सहभागी मनबहादुर बस्याललाई पनि खादा लगाएर सम्मान गरियो।

समारोहमा समाजका संस्थापक अध्यक्ष गुञ्जमान कोइरालासहित निवर्तमान अध्यक्ष अमृत बहादुर नेपाली, पूर्व अध्यक्ष बाबुराम नेपाली, र ५५ हजार रुपैयाँभन्दा बढी सहयोग रकम संकलन गरेका पूर्व कोषाध्यक्ष रामबहादुर गोतामेलाई विशेष सम्मान प्रदान गरिएको थियो। कार्यक्रममा सचिव एस.बी. नेपालीले सहजीकरण गरेका थिए भने स्वागत सदस्य विरु बस्यालले स्वागत मन्तव्य राखेका थिए ।

























