प्रहार समाचार । काठमाडौं, २८ असार २०८२ शनिवार । देशका विभिन्न भागमा गएरातिदेखि नै सामान्य वर्षा भइरहे पनि आज दिउँसो र राति देशका धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागहरूमा दिउँसो मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने देखिएको छ। साथै, ती प्रदेशसँगै लुम्बिनी र कर्णालीका एक/दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।
रातिको समयमा कोशी, मधेश र वाग्मतीका केही स्थानमा समेत भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ।
मनसुन सक्रिय, पश्चिमतर्फ न्यून चापीय रेखा सरेको, भारी वर्षाको सम्भावना:
देशभर मनसुन सक्रिय रहेको बेला पश्चिम क्षेत्रमा न्यून चापीय रेखा सामान्य अवस्थाभन्दा उत्तरतर्फ सरेको छ। यसको असरस्वरूप विभिन्न प्रदेशमा ठूलो वर्षाको सम्भावना देखिएको मौसमविद्हरुले बताएका छन्।
विभागका अनुसार दिउँसो वाग्मती, गण्डकी र सुदूरपश्चिमका पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। यस्तै, लुम्बिनी र कर्णालीसहित केही प्रदेशमा भारी वर्षा पनि हुनसक्ने देखिएको छ।
रातिको समयमा पनि कोशी, मधेश र वाग्मती प्रदेशमा भारी वर्षाको सम्भावना रहनाले बाढी, पहिरो लगायतको जोखिम बढ्न सक्ने मौसमविद्हरुको चेतावनी छ।
दिउँसो र राति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसम विभागको आग्रह :
आज दिउँसो र रातिको समय भारी वर्षाका लागि संवेदनशील रहने भएकाले सतर्क रहन मौसम विभागले नागरिकलाई आग्रह गरेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव देखिएको छ भने पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको विभागले जनाएको छ।
वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा दिउँसो तथा राति कोशी, मधेश र वाग्मतीका एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले बाढीपहिरो प्रभावित क्षेत्रका बासिन्दालाई सजग रहन विभागले अनुरोध गरेको छ।
























