हेडलाईनसमाचारप्रदेशस्वास्थ्य

स्वास्थ्य बीमामा ऐतिहासिक सुधार : अब गम्भीर रोगमा २ लाखसम्मको उपचार सुविधा

प्रहार समाचार । काठमाडौं, २४ असार २०८२ बुधवार।स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी र जनमुखी बनाउने क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ऐतिहासिक कदम चालेको छ। मन्त्रालयले गम्भीर रोगबाट पीडित नागरिकलाई आर्थिक राहत दिने उद्देश्यसहित ८ प्रकारका जटिल रोगमा २ लाख रुपैयाँसम्मको बीमा सुविधा लागू गरेको छ। यो व्यवस्था साउन १ गतेदेखि लागू भएको हो।

गम्भीर रोगमा राहतको श्वास :
स्वास्थ्य मन्त्री प्रदिप पौडेलका अनुसार अब क्यान्सर, मुटु रोग, मृगौला समस्या, हेड इन्जुरी (मस्तिष्क चोट), स्पाइनल इन्जुरी (मेरुदण्ड चोट), सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले बीमाबाट २ लाख रुपैयाँ बराबरको उपचार सुविधा पाउने छन्। “कडा रोग लागेर उपचार खर्च जुटाउन नसक्ने नागरिकको पीडामा राहत दिने हाम्रो प्रतिबद्धता अनुसार यो निर्णय गरिएको हो,” मन्त्री पौडेलले भने।

बीमा पहुँचमा निरन्तर सुधार :
मन्त्रालयले पछिल्लो समय स्वास्थ्य बीमाको पहुँच विस्तार र सेवा गुणस्तर सुधारमा निरन्तर काम गरिरहेको छ। बीमाको दायरा विस्तार गर्दै विभिन्न प्रदेश तथा जिल्लामा अभियानको गति बढाइएको छ। अघिल्लो वर्षको तुलनामा बीमितको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको मन्त्रालयको दाबी छ।

सुझाव र सहभागिता प्रति खुला मन्त्रालय :
“स्वास्थ्य बीमालाई अझ परिस्कृत बनाउँदै नागरिकको पहुँच अभिवृद्धि गर्न हामी निरन्तर प्रयत्नशील छौँ,” मन्त्री पौडेलले बताए। साथै, स्वास्थ्य मन्त्री पौडेलले रचनात्मक सुझाव, सल्लाह र प्रतिक्रिया दिन सबैलाई आग्रह गर्दै बीमा सुधारको यात्रामा जनसहभागिता महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्। ग


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button