हेडलाईनसमाचारप्रदेश

दाउन्ने–बर्दघाट सडकखण्ड अवरुद्ध

प्रहार समाचार । नवलपरासी, २५ असार २०८२ बुधवार । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने–बर्दघाट खण्डको खुर्सानी खोला नजिक आएको पहिरोले सडक अबरुद्ध हुन पुगेको छ।

राति परेको अविरल वर्षा काकारण आएको पहिरोले सडकको करिब २० मिटर भाग पुरिएको प्रहीले जनाएको छ। यसका साथै निर्माणाधिन सडक समेत भासिन पुगेको कारण छ साना तथा ठूला सवारी साधनहरू बीचैमा फसेका / रोकिएका छन्।

सडक अवरुद्ध भएपछि यात्रुहरू बिहानैदेखि अलपत्र परेका छन्। विशेष गरी बिरामी, बालबालिका, वृद्धवृद्धा तथा लामो दूरीका यात्रुहरू समस्यामा परेका छन्। सडक डिभिजन कार्यालय बुटवलले सडकको अवस्था नाजुक भएकाकारण वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गर्दै सडक खुलाउन प्राविधिक टोली पहिरो गएको क्षेत्रमा परिचालन गरिएको जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button