हेडलाईनसमाचार

‘सकारात्मक चिन्तन सफल जीवनको आधार’ : दमौलीमा जेष्ठ नागरिक लक्षित कार्यक्रम सम्पन्न

प्रहार समाचार । तनहुँ, १६ असार २०८२ । सफल जीवनका लागि सकारात्मक चिन्तन आवश्यक रहेको सन्देशसहित जेष्ठ नागरिक लक्षित प्रशिक्षण कार्यक्रम आज तनहुँको सदरमुकाम दमौलीमा सम्पन्न भएको छ। सामाजिक विकास कार्यालयको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा १ सय ९० भन्दा बढी जेष्ठ नागरिकको उल्लेखनीय उपस्थिति रहेको थियो। तस्बिरहरु : प्रहार अनलाईन मिडिया ।

कार्यक्रममा बोल्दै व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले जेष्ठ नागरिकहरू समाजका मार्गदर्शक भएको उल्लेख गर्दै उहाँहरूको ज्ञान र अनुभव नयाँ पुस्ताका लागि प्रेरणा हुने बताए।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जेष्ठ नागरिकको अनुभव र योगदानको कदर गर्दै समाज निर्माणमा उनीहरूको भूमिकालाई अझ सक्रिय बनाउन सबै पक्ष लाग्नुपर्ने धारणा राखे।

सामाजिक विकास कार्यालयका प्रमुख बिदुरहरि आचार्यले कार्यालयबाट जेष्ठ नागरिकका लागि आगामी दिनमा समेत यस्ता कार्यक्रम विस्तार गरिने जानकारी दिए।

कार्यक्रममा ९२ वर्षीय विसनसिं गुरुङ र ७८ वर्षीया कलाकला तिवारीलाई सम्मान गरिएको थियो।

प्रशिक्षण एवं मनोपरामर्शदाता रमण भट्टराईले प्रशिक्षण प्रदान गर्दै ज्ञान, अनुभव र समाजका अग्रज जेष्ठ नागरिकहरु दुःखी हैन सुखी हुन, खानपान, सकारात्मक सोच, जीवनका गहकिला र गहिरा अनुभव बाँड्ने मायाँ र आशिर्वादहरुको शक्ति भएकाले समाजका पूज्य भएको बताए ।

कार्यक्रमले जेष्ठ नागरिकहरूलाई सकारात्मक सोचमार्फत मानसिक सशक्तिकरण गर्ने उद्देश्य राखेको थियो। कार्यक्रमको सभापतित्व जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष शालिग्राम गिरीले गरेका थिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button