हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

भुमिहिनलाई लालपुर्जा वितरणको तयारी : तनहुँमा भुमि समस्या समाधान आयोगको निर्णय

प्रहार समाचार । तनहुँ, १६ असार २०८२ सोमवार । भुमि समस्या समाधान आयोग, तनहुँको बैठक सोमबार ज सम्पन्न भएको छ। आयोगका जिल्ला अध्यक्ष गोबिन्द सिलवालको अध्यक्षतामा बसेको बैठकले भुमिहिन दलित तथा सुकुम्बासीको थप प्रमाणीकरणका लागि सात दिने समय सीमा तोक्दै महत्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकमा आयोगबाट नापजाँच गरिएका स्थानीय तहका वडा सहजीकरण समिति, वडा, पालिका तथा नगर/गाउँपालिका स्तरमा निर्णय भई सिफारिस भएका नामहरूको प्रमाणीकरणका लागि मालपोत कार्यालयमा पठाउने निर्णय गरिएको हो।

आयोगका विज्ञ सदस्य श्रीराम कार्कीले मालपोत कार्यालयबाट प्रमाणीकरण आएपछि छिटोभन्दा छिटो लालपुर्जा वितरण गरिने तयारी भएको बताए ।

यस प्रक्रियाले भुमिहिन दलित र सुकुम्बासीहरूलाई कानुनी रूपमा जमिनको अधिकार सुनिश्चित गर्न मद्दत गर्ने आयोगको विश्वास छ। साथै, आयोगले स्थानीय तहसँग समन्वय गर्दै बाँकी प्रक्रिया टुंग्याउने तयारी गरिरहेको जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button