हेडलाईनसमाचारभानुगण्डकी

तरुण दल तनहुँका नेता रामचन्द्र (आरसी) पौडेलको निधन

प्रहार समाचार । तनहुँ, १६ असार २०८२ सोमवार । नेपाल तरुण दल तनहुँका पूर्व जिल्ला सचिव तथा निर्माण व्यवसायी रामचन्द्र पौडेल (आरसी) को असामयिक निधन भएको छ। उपचारको क्रममा काठमाडौंको बसुन्धरास्थित बि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हृदयघातका कारण पौडेलको निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

राजनीति र निर्माण व्यवसायमा सक्रिय पौडेल तनहुँ निर्माण व्यवसायी संघका पूर्व महासचिवसमेत रहेका थिए ।

पारिवारिक स्रोतका अनुसार उनको पार्थिव शरीरलाई आइतवार रूपाकोटस्थित निजको पुरानो घर ल्याइएपछि मरस्याङ्दी नदीको घाटमा अन्तिम दाहसंस्कार गरिएको थियो ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button