हेडलाईनसमाचारगण्डकी

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तित्वलाई सम्मान गर्दै लमजुङको मर्स्याङ्दी पालिकामा दुई विशेष बैठक कक्ष

• विजय अधिकारी ( प्रहार संवाददाता ) लमजुङ, १६ असार २०८२ सोमवार । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तित्वहरूको सम्मानस्वरूप दुई वटा बैठक कक्ष स्थापना गरी नामकरण गरेको छ।

गाउँपालिकाको नयाँ प्रशासकीय भवनमा निर्माण गरिएका ती बैठक कक्षलाई एउटालाई ‘डा. हर्क गुरुङ बैठक कक्ष’ र अर्को लाई ‘राष्ट्रकवि माधव प्रसाद घिमिरे बैठक कक्ष’ नाम दिइएको गाउँपालिकाले जनाएको छ।

पालिकाका अध्यक्ष अर्जुन गुरुङका अनुसार, मर्स्याङ्दी गाउँपालिकामा जन्मिएका ती महान् व्यक्तित्वहरूको योगदानको उच्च सम्मानस्वरूप यस्तो कदम चालिएको हो। अध्यक्ष गुरुङ भन्छन्- ‘ यस्ले नयाँ पुस्तालाई प्रेरणा दिनेछ र आफ्नो पालिकामा गौरव महसुस गराउनेछ।’

यस्तै, प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाइँले नयाँ भवनमार्फत प्रशासनिक सेवा अझ प्रभावकारी बनाउनुका साथै सांस्कृतिक र ऐतिहासिक पहिचानको जगेर्ना गर्ने उद्देश्य रहेको बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button