हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : मनसुन सक्रिय, केहि प्रदेशमा भीषण वर्षाको सम्भावना

प्रहार समाचार । काठमाडौं, १६ असार २०८२ सोमवार । अहिले पश्चिम नेपालबाट सुरु भएको वर्षाले देशभरि प्रभाव पारेको छ। देशका धेरै ठाउँमा सोमवार रातिदेखि मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ। मौसम विभागले केही दिनसम्म लगातार वर्षा हुने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।


आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थुप्रै स्थानमा मेघगर्जन, चट्याङ र हल्कादेखि मध्यम खालको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागहरूमा ठूलो वर्षाको सम्भावना रहेको छ। बाँकी भू-भागका केही स्थानमा समेत हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। विशेष गरी सुदूरपश्चिमका थोरै स्थानहरूमा भारीदेखि अत्यधिक वर्षा हुने सम्भावना भएकाले सम्भावित बाढी, पहिरो र डुबानको जोखिमबारे सतर्क रहन भनिएको छ।

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा नेपालमा पूर्वी भागमा सरदर स्थानमा भए पनि पश्चिमतर्फ दक्षिण झरेर उत्तरतर्फ सर्दै गएको छ। बुधबारदेखि भने यो रेखा पूर्वी नेपालतर्फ सर्ने भएकाले पूर्व र मध्यक्षेत्रमा थप भारी वर्षाको सम्भावना रहेको उनले बताइन्। वर्षाको क्रम केही दिन जारी रहने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन भनिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button