‘७ सय ५३ पालीका, सातै प्रदेश, समग्र नेपालले व्यासलाई चिनाउन जरुरी छ । विश्वमाझ २८औं व्यासको जन्मस्थल तनहुँको सदरमुकाम दमौली नै हो भनेर पनि परिचय गराउन अपरिहार्य छ।’ भन्दै कृष्णराज वाग्ले लेख्छन् :

आजका नेपाली ब्राह्मण युवाले पढ्नु पर्ने विषय के हो ? ज्ञान, दान, तप र इन्द्रिय निग्रहमा सबैको अनुकरणीय सत्पात्र उत्पन्न गर्ने ब्राह्मण कुलमा जन्मिएर पनि शिखासूत्र, भक्ष्याभक्ष्य, पेयापेय, गम्यागम्यको ख्याल नराख्ने अनि अपरिपक्व केटाकेटीमा रुपान्तरित भएर जातीय गौरव र राष्ट्रिय गौरवको विस्मरण हुने स्थिति वास्तवमै चिन्ताको विषय हो ।
वेदव्यासले वेदको रचना गरेका होइनन् । यो ग्रन्थ अपौरुषेय हो। व्यास नगरपालिकाले विश्वकै जेठो यस ग्रन्थ चार वेदलाइ आफ्नो कार्यालय परिसर उपयुक्त स्थान निर्धारण गरि एक मण्डप बना॓इ त्यसभित्र शिसाको कन्तुरमा राख्ने व्यवस्था मिलाओस् । वि.सं.२०८२ सालको व्यास जयन्ती(,गुरूपूर्णिमा)को शुभदिनमा निर्माण गर्ने संकल्प गरोस् भन्ने सविनय निवेदन(प्रस्ताब)गर्दछु। पालिका नामाकरणले पनि यी दुइको नाता घनिष्ठ छ। ७ सय ५३ पालीका, सातै प्रदेश, समग्र नेपालले व्यासलाई चिनाउन जरुरी छ । विश्वमाझ २८औं व्यासको जन्मस्थल तनहुँको सदरमुकाम दमौली नै हो भनेर पनि परिचय गराउन अपरिहार्य छ। बैदिक शास्त्रले पनि निम्न बैदिक ऋचाले प्रमाणित गरेको छ :
उपह्वरे गिरीणां सङ्गमे च नदीनाम्।धिया विप्रो अजायत् मा.सं.२६।१५।
१७ पुराण लेखेर पनि आत्मशान्ती नभएपछि देवर्षि नारदको सल्लाह अनुसार दश लक्षण सहितको श्रीमद्भागवत महापुराण कृति तयार गरेपछि व्यासलाइ शान्ती मिलेको भन्ने कथन छ । वेद प्रतीको धारणा भगवतवाट नै एक श्लोक राखौं -“वेदप्रणिहितो धर्मो ह्यधर्मस् तद्विपर्यय:।
वेदो नारायण:साक्षात् स्वयम्भूरित शुश्रुम।। भागवत ६।१।४०।
मूलत उनका कृतित(महाभारत,ब्रह्मसूत्र,१८पुराण र १८ उप पुराणहरुहुन)। कलियुगमा मान्छेको बुद्धि र स्मरणको सीमा झन् साँघुरो हुन्छ भनेर चार भाग लगाइ दिएका हुन् भन्ने कुरा पनि नबुझेर वेदका रचयिता व्यासले गरेका हुन भन्ने भ्रमात्मक प्रचार भएको छ। यसै सन्दर्भमा पूर्वमन्त्री चिरञ्जीवी वाग्लेले वि.सं. २०६२ सालमा छापिएको वाग्ले वन्धु वंशावलीको पृष्ठ ८ मा भूमिकामय शैलीमा व्यक्त गर्नु भएका निम्न विचार यहाँ उद्धरणीय छन् ।

हिन्दु जगतका मानव वर्णहरुको सोह्र संस्कार हुन्छन् । ती मध्ये उपनयन संस्कार सबैको हुन्छ । सोही दिनदेखि बटुक आदित्य ब्रह्म सम्प्रदायमा आबद्ध भएको पाइन्छ । हाम्रो भारद्वाज गोत्रमा भारद्वाज ऋषिपछि उनको सन्तानहरु ज्ञान र योगबल आदि कुराका कारण प्रसिद्ध विचारक, मार्गदर्शक व्यक्तित्वका रुपमा स्थापित भए । गोत्र प्रवर भनेर आङ्गिरस, बार्हस्पत्य र भारद्वाजलाई बुझिन्छ । हाम्रो भारद्वाज वंश परम्परामा महामनिषिहरू उत्पन्न हुँदै रहे । तर तिनीहरु उपर्युक्त ऋषिहरुको स्तरमा आउने ऋषि वा द्रष्टा भएनन् । त्यसैले हाम्रो भारद्वाज गोत्रिय वंश परम्परामा तीन प्रवर मात्र रहन गयो । ती तीन प्रवर आङ्गिरस, बार्हस्पत्य र भारद्वाज हुन् । संकल्पमा यिनका नामपुकार्नैपर्छ। देव, ऋषि र पितृ यज्ञमा यजुर्वेदका कण्डिकाहरु प्रशस्त आउछन गोत्र प्रारम्भ गर्ने ऋषि र उनका सन्तानहरु मध्ये सर्वाधिक उल्लेखनीय योगदान गर्ने ऋषिहरूको नामबाट यो कुलको प्रवर स्थापित भएको हो । प्रवरका विषयमा वैदिक साहित्यमा उल्लेख गरिएको छ ।
हाम्रो वंशको अध्ययन अध्यापनको कुरा गर्दा शुक्ल यजुर्वेदको माध्यन्दिनी शाखा अन्तर्गत शतपथ ब्राह्मण, कात्यायन श्रौतसूत्र, याज्ञवल्क्य स्मृति, पारस्कर गृह्यसूत्र आदि शास्त्रीय परम्पराका विषयहरु अनिवार्य रुपमा हामीले अध्ययन गर्नु पर्ने विषयहरु हुन् किनभने हाम्रो संस्कारहरूलाई तिनै शास्त्रहरूले निर्देशित गरेका छन् । (पूर्वमन्त्री, चिरञ्जीवी वाग्ले, वाग्ले वन्धु वंशावली, काठमाडौं, २०६२, प्रथम संस्करण) ।
• तनहुँ ।

























