हेडलाईनसमाचारगण्डकी

जग्गा रोक्का गरिदिने भन्दै ४० हजार घुस लिने नासु कण्डेल अख्तियारको फन्दामा

• विजय अधिकारी ( संवाददाता ) मनाङ, ३० जेठ २०८३ शनिबार । भूमि प्रशासन कार्यालय मनाङका नायब सुब्बा (नासु) तथा सूचना अधिकारी ज्ञानराज कण्डेल ४० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। जग्गा रोक्कासम्बन्धी काम मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस मागेपछि परेको उजुरीका आधारमा निगरानीमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई शनिबार दिउँसो रंगेहात पक्राउ गरेको हो।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट ४० हजार रुपैयाँ बुझ्दै गरेको अवस्थामा कँडेललाई नियन्त्रणमा लिएको जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार जग्गा रोक्का सम्बन्धी प्रक्रिया सहजीकरण गरिदिने बहानामा उनले सेवाग्राहीसँग रकम मागेका थिए। सेवाग्राहीको गुनासोपछि अख्तियारले गोप्य रूपमा निगरानी बढाएको थियो।अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार घुससहित पक्राउ परेका कँडेललाई थप अनुसन्धानका लागि पोखरा ल्याउने तयारी भइरहेको छ।

घटनासम्बन्धी थप प्रमाण संकलन तथा अनुसन्धान प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ।सरकारी सेवामा बसेर सेवाग्राहीसँग खुलेआम घुस असुल्ने प्रवृत्तिविरुद्ध अख्तियारले पछिल्लो समय निगरानी र कारबाहीलाई तीव्र बनाएको छ। मनाङमा भएको यो पक्राउले सार्वजनिक सेवामा हुने भ्रष्टाचार नियन्त्रणका लागि राज्य संयन्त्र सक्रिय रहेको सन्देश दिएको



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button