हेडलाईनव्याससमाचारभानुगण्डकीभिमादम्याग्दे

तनहुँका चार उत्कृष्ट व्यवसायिक कृषक सम्मानित

प्रहार समाचार । तनहुँ,१५ असार २०८२ आइतवार । कृषि ज्ञान केन्द्र, तनहुँले आर्थिक वर्ष २०८१/८२ मा तनहुँ जिल्लाका चार व्यवसायिक कृषकलाई ‘उत्कृष्ट कृषक’ घोषणा गर्दै नगद पुरस्कारसहित सम्मान गरेको छ।

मन्त्रालयको उत्कृष्ट पुरस्कार सम्बन्धी मापदण्ड २०७५ अनुसार छनोट गरिएका कृषकहरूलाई सम्मान-पत्रका साथ जनही दश हजार नगद सहित सम्मान गरिएको हो ।

सम्मानित हुने कृषकहरुमा भानु नगरपालिकाको वडा नं. २ मा रहेको अनुग्रह कृषि तथा पशु फर्मका सञ्चालक छेनुर्पु तामाङ, म्याग्दे गाउँपालिका वडा नं. ६ का शिद्ध अर्गानिक कृषि फर्मका सञ्चालक डेक बहादुर गुरुङ, भिमाद नगरपालिका वडा नं. ५ मा रहेको गैड्रे पशु तथा कृषि फर्म का सञ्चालक कृष्ण प्रसाद गैड्रे, र म्याग्दे गाउँपालिका वडा नं. २ मा रहेको उमादेवी कृषि फर्मका सञ्चालक निर्मल अधिकारीलाई सम्मान गरिएको हो।

गण्डकी प्रदेशसभा सांसद अशोक कुमार श्रेष्ठ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगर प्रमुख बैकुण्ठ न्यौपाने , उपप्रमुख ईन्दिरा दरै, तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, कृषि ज्ञान केन्द्र, तनहुँका प्रमुख गोपाल शर्मा लामिछाने लगायतले कृषकहरुलाई संयुक्त रूपमा २२ औं धान दिवसका अवसरमा व्यास ९ गजौंडेमा आयोजित कार्यक्रममा सम्मान गरेका थिए। कार्यालयले कृषि क्षेत्रमा यिनिहरुले पुर्‍याएको योगदानको कदर गर्दै आगामी दिनमा अझ प्रभावकारी भूमिकाको अपेक्षा गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button