प्रहार समाचार । तनहुँ , १५ असार २०८२ आइतवार २२औं राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा व्यास–३, तनहुँस्थित जेष्ठ नागरिक मिलन केन्द्रले विशेष कार्यक्रमको आयोजना गरी जेष्ठ नागरिकहरूको सम्मान गरेको छ। कार्यक्रमलाई व्यास नगरपालिकाले सहकार्य गर्दै जेष्ठ नागरिकका लागि प्रदान गरिरहेको निःशुल्क एम्बुलेन्स सेवा र स्वास्थ्य शिविरहरूको जानकारीसमेत गराइएको थियो।

कार्यक्रममा बोल्दै नगर प्रमुख बैकुण्ठ न्यौपानेले जेष्ठ नागरिक हाम्रा अभिभावक भएको उल्लेख गर्दै उनिहरुको सम्मान गर्नु नगर पालिकाको दायित्व रहेको बताए । नगर प्रमुख न्यौपानेले विरामी जेष्ठ नागरिकलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गरिरहेको उल्लेख गर्दै स्वास्थ्य शिविरहरू सञ्चालन गरेर सेवा प्रवाह भइरहेको जानकारी दिए।

कार्यक्रममा सामूहिक रूपमा दही चिउरा खाएर असार १५ मनाइएको थियो ।

उपप्रमुख इन्दिरा दरैको उपस्थिति रहेको उक्त कार्यक्रममा सामाजिक विकास कार्यालय तनहुँको समन्वयमा प्रमुख विदुर हरि आचार्य, व्यासका अध्येता काशिनाथ न्यौपाने, केन्द्रक अध्यक्ष शलिग्राम गिरी, पूर्व अध्यक्ष देवनिधि पन्त, सचिव गोबिन्द गिरी, कोषाध्यक्ष हरिश्चन्द्र वाग्ले, संस्थापक सदस्य डा. लक्ष्मी कान्त चापागाईं, डा. रघुनाथ न्यौपाने लगायतको उपस्थिति रहेको थियो। हाल आश्रममा ६६१ जना आजीवन सदस्य आवद्ध रहेको जानकारी दिइएको छ। कार्यक्रमले जेष्ठ नागरिकप्रतिको सामाजिक सम्मान अभिव्यक्त गरेको सहभागीहरूले बताएका छन्।



























