हेडलाईनसमाचारसाहित्यगण्डकी

सरुभक्तलाई क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार प्रदान

प्रहार समाचार । तनहुँ, १५ असार २०८२ । पोखराका साहित्यका सरु भक्तलाई यस वर्षको ‘क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार’ प्रदान गरिएको छ। तनहुँमा जन्मेका कवि क्षेत्रप्रताप अधिकारीको सम्झनामा स्थापना गरिएको उक्त पुरस्कार गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले प्रदान गरेको हो ।

नेपाली साहित्यको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउँदै आएका प्राज्ञ सरुभक्तलाई २५ हजार रुपैयाँ राशिको उक्त पुरस्कार प्रदान गरिएको मञ्चका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए। पुरस्कार चैत्र ३० गते क्षेत्रप्रताप स्मृति दिवसका अवसरमा प्रदान गरिने भनिएपनि सरुभक्त विशेष कारणवश उपस्थित हुन नसक्दा शनिबार र आइतबार आयोजित दुईदिने गण्डकी प्रदेश स्तरीय प्राज्ञ नारी काव्य गोष्ठीको अवसरमा उनलाई सम्मान गरिएको हो।

नेपाल प्राज्ञ प्रतिष्ठानको साहित्य काव्य विभागद्वारा आयोजित काव्य गोष्ठीमा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी महिला स्रष्टाहरूले कविता वाचन गरेका थिए। कार्यक्रममा क्षेत्रीय साहित्यिक सम्पदाको संरक्षण र सम्वर्द्धनमा क्षेत्रप्रताप अधिकारीको योगदान स्मरण गर्दै सरुभक्तलाई सम्मान गरिनु साहित्यिक वृत्तमा उल्लेख्य कार्य घ भएको साहित्यिक व्यक्तित्वहरूले बताएका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button