हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : मनसुनी प्रभावले देशभर वर्षा

प्रहार समाचा। काठमाडौँ, ३ असार २०८२ मङ्गलवार । देशका विभिन्न स्थानमा गए रातिदेखि नै वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गएराति नवलपरासी, रुपन्देहीलगायत जिल्लामा भारी वर्षा भएको छ। हाल कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी महाशाखाले दिएको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको बताइएको छ। यो वर्षा तथा हिमपातको क्रम रातिसम्म निरन्तर जारी रहने पूर्वानुमान गरिएको छ।

मौसमविद्हरूले देशका केही स्थानमा ठूलो पानी पर्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेका छन्। वर्षाका कारण आसपासका खोला तथा नदीमा आकस्मिक बहाव बढ्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको हो। हाल देशको पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेको छ भने पश्चिमी भू–भागमा आंशिक रूपमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव देखिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button