हेडलाईनसमाचारबन्दीपुरगण्डकी

बन्दीपुरको सेराटारमा बेपत्ता भएका व्यक्तिको शव खुदी खोलामा फेला पऱ्यो

प्रहार समाचार । तनहुँ, २ असार २०८२ । तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–३, सेराटार बस्ने एक व्यक्ति हराइरहेकोमा उनको शव खुदी खोलामा फेला परेको छ।

गत वैशाख ३१ गते साँझ ६:३० बजे आफ्नै घरबाट हराएका ५६ वर्षीय मंगले नेपालीको शव खुदी खोलामा फेला परेको हो । नेपाली लामो समयसम्म सम्पर्कविहीन भएपछि खोजी कार्य गरिएको थियो।

स्थानीयवासी तथा नेपाल प्रहरीको संयुक्त प्रयासमा खोजतलास गर्ने क्रममा आज खुदी खोलाको तानेको रह भन्ने स्थानमा नेपालीले प्रयोग गर्ने गरेको कपडा र चप्पल फेला परेको थियो। सोही स्थानमा विस्तृत रूपमा खोजी गर्दा खोलामै तैरिरहेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बन्दीपुरबाट प्रहरी निरीक्षक तलिक बहादुर बमको नेतृत्वमा घटनास्थलमा खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान, मुचुल्का तयार गर्ने कार्य र शव परीक्षणको प्रक्रिया सम्पन्न गरेको थियो। शव परीक्षणपछि मृतकको शव आफन्तलाई जिम्मा दिइएको प्रहरी नायव उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अशोक थापाले जानकारी दिए।

घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button