हेडलाईनसमाचारगण्डकीस्वास्थ्य

लमजुङको राइनास न. पा. मा रेविज विरुद्धको खोप अभियान

• विजय अधिकारी ( प्रहार संवाददाता ) । लमजुङ, ३ असार २०८२ मङ्गलवार । लमजुङको राइनास नगरपालिकाले रेविज नियन्त्रणका लागि तीन दिने खोप अभियान सञ्चालन गरेको छ।

यस अभियानबाट पालिकाले ३ सय १६ वटा कुकुरलाई रेविज विरुद्धको खोप लगाएको जनाएको छ। सामुदायिक र घरपालुवा जनावरमा रोगको जोखिम न्यूनीकरणका लागि सञ्चालन गरिएको अभियानमा घरघरमै पुगेर खोप दिइएको हो।

पालिकाको पशु सेवा शाखाको समन्वयमा सञ्चालन गरिएको खोप अभियानमा नगर क्षेत्रभित्र रहेका १० वटै वडाका कुकुर र विरालोलाई लक्षित गरिएको थियो।

पशु सेवा शाखाका प्रमुख शिवबाबु देवकोटाले प्रत्येक वडामा टोलटोल तथा घरघरमा पुगेर पशु प्राविधिकहरूले सामुदायिक तथा घरपालुवा कुकुर र विरालोलाई रेविज विरुद्धको खोप लगाएको बताए ।

पालिकाले अझै पनि केही सामुदायिक कुकुर खोपबाट छुट्न सक्ने सम्भावना रहेको र बाँकी जनावरलाई समेट्ने गरी आगामी दिनमा थप अभियान सञ्चालन गर्ने तयारी समेत गरिएको जनाएको छ।

रेविज एक घातक रोग भएकाले पशुमा देखिएको संक्रमण मानिसमा समेत सर्न सक्ने खतरा रहने हुँदा समयमै खोप लगाउनु आवश्यक हुने पशु प्राविधिकहरू बताउँछन्।

नगरपालिकाले नागरिकहरूलाई पनि आफ्ना पाल्तु जनावरलाई नियमित खोप लगाउन र समुदायमा देखिएका कुकुरहरूको अवस्थाबारे सूचना दिन आग्रह गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button