हेडलाईनसमाचारप्रदेशखेलकुद

त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल आज नेदरल्याण्ड्ससँग भिड्दै, किरण ठगुन्नाको पहिलो मौका

प्रहार समाचार । काठमाडौँ, २ असार २०८२ सोमवार । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपालले आज पहिलो खेलमा नेदरल्याण्ड्सको सामना गर्दै छ। नेपाली समय अनुसार साँझ ६:४५ बजे स्कटल्याण्डको डन्डीमा खेल सुरु हुनेछ। नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्स सम्मिलित सिरिजमा हिजो सम्पन्न उद्घाटन खेलमा स्कटल्याण्डले नेदरल्याण्ड्सलाई ३९ रनले हराएको थियो। नेपालले भने आजको खेलमार्फत सिरिजको सुरुवात गर्दै छ।

 

भर्खरै सम्पन्न आईसीसी विश्वकप लिग टु अन्तर्गतको भ्रमणमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै स्कटल्याण्डमा खेलेका चार एकदिवसीय खेलमध्ये तीनमा शानदार जित निकालेको थियो। उक्त आत्मविश्वासकै आधारमा नेपाली टोली टी–२० सिरिजमा उत्रिन लागेको हो। नेपाल क्रिकेट संघ (क्यान)ले यस सिरिजका लागि कप्तान रोहित पौडेलको कप्तानीमा टोलिको घोषणा गरिसकेको छ।

लिग टुमा खेलेका अधिकांश खेलाडीलाई निरन्तरता दिइएको छ भने चोटका कारण गुल्सन झा र सोमपाल कामी टोलीबाहिर रहेका छन्। उनीहरूको स्थानमा किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंह टोलीमा समावेश भएका छन्। किरण ठगुन्नाले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाउने मौका पाएका हुन् भने रुपेश सिंह डेब्यूको पर्खाइमा छन्। नेपालले आजको खेलमार्फत सकारात्मक सुरुवात गर्ने अपेक्षा गरिएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button