हेडलाईनसमाचारभानुगण्डकीमनोरञ्जन

तनहुँको भानुमा चलचित्र ‘परी’ को छायाङ्कन सुरु : किरण केसीदेखि प्रियङ्का कार्कीसम्मको अभिनय

प्रहार समाचार । तनहुँ, ३० जेठ २०८२ शुक्रवार । नेपाली कथानक चलचित्र ‘परी’ को छायाङ्कन आजदेखि तनहुँको भानु नगरपालिका–४ स्थित बडहरे फाँट (काँडे बगैचा) मा सुरु भएको छ। गोविन्द गौतमको लेखन तथा निर्देशनमा निर्माण हुने उक्त सिनेमाको आगामी १५ दिनसम्म भानुका विभिन्न स्थानमा छायाङ्कन हुने भएको छ।

आर एस मल्टिप्रपोजको प्रस्तुति रहने चलचित्र ‘परी’ मा किरण केसी ‘रातामकै’, दिनेश डिसी, दीपाश्री निरौला, प्रियङ्का कार्की, लक्ष्मी गिरी, दीपक अधिकारी, रेणु दुलाल, दिगविजय केसी, श्याम राई, घनश्याम गिरी, संगम गौतम, जेशिका पोखरेल, निशा गौतम र अर्नव नागिलालगायत कलाकारको अभिनय रहनेछ।

फिल्ममा हरि घलेको छायाङ्कन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, तथा दीपक शर्मा र विकास चौधरीको सङ्गीत रहने बताइएको छ। फिल्मका प्रोजेक्ट म्यानेजर सुवास काफ्लेले स्थानीय पालिका तथा प्रशासनसँग समन्वय गर्दै फिल्मसम्बन्धी जानकारी गराएका छन्।

भोलि जेठ ३१ गते भानु–५ बाङ्गेरहमा आयोजना हुने मेला-महोत्सवको छायाङ्कनलाई विशेष दृश्यका रूपमा प्रस्तुत गरिने भएको छ। यसका लागि स्थानीय आमा समूह, युवा क्लब, टोल विकास संस्था र सर्वसाधारणलाई उपस्थितिका लागि विशेष अनुरोध गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button