हेडलाईनसमाचारभानुगण्डकीमनोरञ्जन

चलचित्र ‘परी’ को छायाङ्कन तनहुँको भानु न.पा.मा, ७० सदस्यीय टिम तयारीमा

नेपाली कथानक चलचित्र ‘परी’को छायाङ्कन यही जेठ ३१ गतेबाट असार ९ गतेसम्म तनहुँको भानु नगरपालिकाका विभिन्न स्थानमा हुने भएको छ। निर्देशक गोविन्द गौतमको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको फिल्मको छायाङ्कन बाङ्गेरह, पन्चनगर, अधिकारी गाउँ, चन्द्रावती स्कुल क्षेत्र आसपासका रमणीय स्थानहरूमा हुनेछ। चलचित्रको शुभसाइत समारोह भानु–५ स्थित कालिका मन्दिरमा आयोजना गरिने जानकारी दिइएको छ।

फिल्ममा किरण केसी ‘रातामकै’, दिनेश डिसी, दीपाश्री निरौला, प्रियङ्का कार्की, लक्ष्मी गिरी, दीपक अधिकारी, रेणु दुलाल, दिगविजय केसी, श्याम राई, घनश्याम गिरी, संगम गौतम, जेशिका पोखरेल, निशा गौतम र अर्नव नागिलालगायत कलाकारहरूको अभिनय रहनेछ। चलचित्रको छायाङ्कन बाबु श्रेष्ठले गर्नेछन् भने कोरियोग्राफीको जिम्मा कविराज गहतराज र रामजी लामिछानेले लिएका छन्। संगीतकारको रूपमा दीपक शर्मा र विकास चौधरी रहने फिल्ममा द्वन्द्व निर्देशक रोशन श्रेष्ठ रहनेछन्।

छायाङ्कनलाई सहज बनाउन चलचित्र निर्माण टिमले भानु नगरप्रमुखसँग समन्वय गरिसकेको छ। ७० भन्दा बढी सदस्यीय टोली यही जेठ ३१ भित्रै भानु पुग्ने तयारीमा छ। फिल्मका प्रोजेक्ट म्यानेजर सुवास काफ्लेले स्थानीय सहयोगका लागि सबैसँग सहकार्यको अपेक्षा राखेका छन्। स्थानीय तहमा छायाङ्कन हुने भएकाले फिल्मले पर्यटन र सांस्कृतिक प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने विश्वास गरिएको छ।

यस अघि नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जीवनीमा आधारित चलचित्र ‘आदिकवि भानुभक्त’ को चुँदी रम्घा सेरोफेरोमा २०७९ सालमा छायाङ्कन भएको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button