प्रहार समाचार । तनहुँ, २९ जेठ २०८२ बिहिवार । गोरखाको मनकामनामा जन्मिएकी रिता परियारले आफ्नो जन्मदिनको अवसरमा तनहुँका क्यान्सर र मृगौला पीडितलाई आर्थिक सहयोग गरेकी छन्।

उनले म्याग्दे गाउँपालिका–५, थाङ्दीका जिब्रोको क्यान्सर पीडित यम बहादुर नेपालीलाई पत्रकार अन्जान परियारमार्फत १३ हजार रुपैयाँ सहयोग गरेकी हुन्। आर्थिक अभावले उपचार रोकिएको अवस्थामा पीडितको श्रीमतीको भावुक भिडियो देखेपछि सहयोग गर्ने प्रेरणा मिलेको परियारले बताइन्।
मृगौला पीडितलाई थप २० हजार, विद्यार्थीलाई झोला सहयोग :
रिता परियारले प औषधि किन्न नसक्ने मृगौला पीडितलाई २० हजार रुपैयाँ तत्काल सहयोग गरेकी छन्। साथै, स्याङ्जाको चापाकोट नगरपालिका–१० स्थित विद्यालयका १५ विद्यार्थीलाई झोला वितरण गर्ने निर्णय लिएको र ती सामग्री अभियान्ता पूर्णिमा परियारमार्फत हस्तान्तरण गरिने जानकारी दिइएको छ।
सामाजिक सेवामा निरन्तर सक्रिय: २७० भन्दा बढीलाई सहयोग :
यसै बिच हालसम्म परियारले २ सय ७० भन्दा बढी विपन्न, क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग गरिसकेको बताउँदै भनिन्, “हजुरकै कारण बाँचियो भन्ने पीडितको फोनले मलाई अझ प्रेरित बनाउँछ।” आलोचनाबाट निराश नभई अझ सशक्त भएर अघि बढिरहेको बताउँदै उनले काठमाडौँको एक आश्रममा रहेका बालबालिकालाई खाना खुवाउने योजना पनि रहेको उल्लेख गरिन्। हाल उनि नर्वेमा बसोबास गर्दै आएकी छन्। अ
























