हेडलाईनसमाचारभानुगण्डकी

दलित महिलाहरुलाई आत्मनिर्भर बनाउँदै तनहुँको भानु नगरपालिका

प्रहार समाचार । तनहुँ, २८ जेठ २०८२ बुधवार । तनहुँको भानु नगरपालिकाले दलित महिलाहरुलाई सिप सिकाएर आत्मनिर्भरको बाटो तर्फ डोऱ्याउन लागि परेको छ।

यसै क्रममा भानु नगरपालिका–१३, पोखरीछापमा महिलाहरूलाई घरेलु सरसफाइ सामग्री बनाउन प्रोत्साहित गर्दै तीनदिने सीपमूलक तालिम सम्पन्न भएको हो । दलित महिला लक्षित कार्यक्रमअन्तर्गत सञ्चालित तालिम यहि जेठ २५ देखि २७ गतेसम्म भानु वडा नं. १३ को आयोजना तथा सामाजिक विकास शाखाको समन्वयमा सञ्चालन गरिएको हो।

तालिममा सहभागी ५२ जना महिलाहरूलाई हरपिक, सर्फ र फिनेल जस्ता सामग्री घरमै बनाउन आवश्यक कच्चा पदार्थ, मात्रा र प्रक्रिया सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिएको थियो। प्रशिक्षक कमला अधिकारी र ईश्वरी अधिकारीले तालिममार्फत सहभागीहरूलाई प्रयोगात्मक अभ्याससमेत गराएका थिए।

कार्यक्रमको समापन समारोहमा कार्यक्रममा बोल्दै नगर प्रमुख उमा गोतामेले यस्ता तालिमहरूले महिलालाई आत्मनिर्भर बनाउने र समावेशी विकासमा टेवा पुग्ने बताइन्।नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख कृपाहरी लौडारी, सूचना प्रविधि अधिकृत राजिव घिमिरे, नगर कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता वडा नं. १३ का अध्यक्ष कृष्ण बहादुर अधिकारीले गरेका थिए। उनले सीपमूलक तालिमले ग्रामीण बेरोजगारी घटाउने र आयआर्जनको अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे। तालिम उपयोगी र प्रेरणादायी भएको सहभागीहरूको भनाइ थियो। कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरी तालिम समापन गरिएको थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button