प्रहार समाचार । तनहुँ,२८ जेठ २०८२ बुधवार । बिगत डेढ दशकदेखि तनहुँको सदरमुकाम दमौलीमा सञ्चालनमा रहेको एनएमबी बैंक लिमिटेडको दमौली शाखाले अब नयाँ स्थानबाट सेवा दिन थालेको छ। व्यास नगरपालिका–३ स्थित नगरपालिकाको पुरानो भवनमा सञ्चालित उक्त शाखा अब व्यास नगरपालिकाको प्रवेश द्वारा अगाडी व्यास–२, दमौलीको नयाँ भवनमा स्थानान्तरण भएको हो। शाखा व्यवस्थापक सरोज जमरकट्टेलका अनुसार, ग्राहकको सुविधालाई मध्यनजर गर्दै नयाँ स्थानमा सरेर बैंकको सेवा प्रणालीलाई अझ प्रभावकारी बनाइएको हो। नयाँ सरेको भवन :

“अघिल्लो स्थान साँघुरो र पुरानो भइसकेको थियो,” व्यवस्थापक जमरकट्टेलले प्रहारसँग भने, “अब भने दुईतले फराकिलो स्थानमा, आधुनिक डेकोरेशनसहितको भवनमा ग्राहकलाई सहज र स्तरीय सेवा दिन सकिनेछ।” उनका अनुसार नयाँ स्थानले बैंकिङ पहुँचलाई सहज बनाउने र दमौली बजार क्षेत्रका ग्राहकका लागि थप अनुकूल वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ। शाखा प्रबन्धक सरोज जमरकट्टेल :

एनएमबी बैंक लिमिटेडले हाल मुलुकभर २०२ भन्दा बढी शाखा र १८७ एटिएममार्फत सेवा विस्तार गरिसकेको छ। सन् २००८ देखि ‘ए’ वर्गको वाणिज्य बैंकको रूपमा सञ्चालनमा आएको बैंकले ग्रामीण र शहरी दुवै क्षेत्रलाई लक्षित गर्दै वित्तीय पहुँचको सुदृढीकरणमा जोड दिएको छ। दमौली शाखाको स्थानान्तरण पनि यही रणनीतिक विस्तारको एक हिस्सा भएको बैंकले जनाएको छ।

बैंकले हालसम्म चार पटक ‘ब्यांक अफ द इयर–नेपाल’ को उपाधि तथा सन् २०२१ मा ‘ब्यांक अफ द इयर–एशिया’ को अवार्ड जितिसकेको छ। बैंकको प्राथमिकता डिजिटल सेवा विस्तार, हरित लगानी तथा दीगो विकासमा केन्द्रित रहँदै आएको छ। यिनै कारणहरूले गर्दा अन्तर्राष्ट्रिय लगानीकर्ताको आकर्षण पनि बढेको छ।
आगामी दिनमा शाखा संख्या अझ वृद्धि गर्दै प्रविधिमा आधारित सेवा विस्तार गर्ने योजना अनुसार एनएमबी अघि बढिरहेको छ। सर्वसाधारण र प्रवर्द्धक समूहको बराबरी स्वामित्व रहेको यस बैंकले आर्थिक समावेशीकरण, डिजिटल पहुँच र ग्रामीण विकासलाई आफ्नो प्रमुख उद्देश्य बनाएको छ। दमौली शाखाको नयाँ स्थानबाट अब ग्राहकले अझ प्रभावकारी, द्रुत र प्रविधिमैत्री सेवा प्राप्त गर्नेछन् भन्ने विश्वास बैंकले लिएको छ। त
























