हेडलाईनसमाचारप्रदेश

जयवीर देउवाको सम्पत्ति खोज्दैगर्दा पत्रकार दिलभूषण पाठकको गिरफ्तारी प्रक्रिया : देशमा के हुँदैछ ?

प्रहार समाचार । काठमाडौं, २८ जेठ २०८१ बुधवार ।  चर्चित पत्रकार दिलभूषण पाठकविरुद्ध काठमाडौं जिल्ला अदालतले साइबर अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको छ। विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान गर्न आवश्यक देखिएको भन्दै प्रहरीले अदालतसँग अनुमति मागेको र सोही आधारमा अदालतले पक्राउ पुर्जी जारी गरेको हो।

हालसम्म कुन व्यक्तिको उजुरीका आधारमा पक्राउ प्रक्रिया अघि बढाइएको हो भन्ने स्पष्ट भइनसकेको भए पनि घटनासँग हिल्टन होटलको विवाद गाँसिएको अनुमान गरिएको छ। पत्रकार पाठकले केही दिनअघि आफ्नो युट्युब च्यानलमार्फत कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाको सम्पत्तिमाथि प्रश्न उठाउँदै हिल्टन होटलसँगको सम्बन्ध देखाएका थिए।

उक्त सामग्रीमा जयवीर देउवाको सम्पत्तिको वैधतामाथि शंका व्यक्त गरिएको थियो, जसप्रति आपत्ति जनाउँदै नक्सालस्थित हिल्टन होटलले कडा भाषामा विज्ञप्ति जारी गरेको थियो। विज्ञप्तिमा कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिइएको थियो, जसपछिनै पक्राउ पुर्जीको प्रक्रिया अघि बढेको अनुमान गरिएको छ।

यस घटनाले अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको स्वतन्त्रता कता पुग्छ भन्ने बहससमेत ल्याएको छ। पाठकजस्ता सार्वजनिक चासोका मुद्दा उठाउने पत्रकारमाथि यस्तो कानुनी कारबाहीको असर प्रेस स्वतन्त्रतामा पर्ने हो कि भन्ने चासो पत्रकार महासंघ लगायतका संस्थाहरूले उठाउने तयारी गरेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button